१६. लघु उद्यम, घरेलु तथा साना उद्योगको प्रशासन सम्बन्धी विशेष व्यवस्था
१६.१ लघु उद्यम संचालन गरेको एक महिनाभित्र उद्यमीले उद्यमको सक्षिप्त विवरणसहित स्थानीय निकाय (गा.वि.स. वा न.पा.) मा जानकारी दिनुपर्नेछ । उद्यमीले चाहेमा तोकिएको शुल्क लिई त्यस्ता निकायले उद्यम दर्ता गरी प्रमाणपत्र दिनेछ । यस्तो जानकारीको अभिलेख स्थानीय निकायले जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई मासिक रूपमा उपलव्ध गराउनु पर्नेछ ।
१६.२ अनुमति लिनु नपर्ने अन्य उद्योगले रीतपूर्वक आवेदन दिएको मितिले १५ दिनभित्र सम्बन्धित निकायले उद्योग दर्ता गरी दिनेछ । कुनै कारणवाट उद्योग दर्ता हुन नसक्ने भएमा त्यस्तो निकायले सोको कारण खुलाई निवेदकलाई ३ दिन भित्र जानकारी गराउनु पर्नेछ ।
१६.३ अनुसूची—८ मा उल्लेखित अनुमति लिनु पर्ने उद्योग वाहेक अन्य घरेलु तथा साना उद्योगको दर्ता तथा नवीकरण जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले गर्नेछ ।
१६.४ वातावरण व्यवस्थापन प्रयोजनका लागि लघु उद्यम र परम्परागत घरेलु उद्योगले आफ्नो विवरण दिंदा पानीको मुहान, फोहोर मैला निष्कासन वारेमा समेत सामान्य जानकारी मात्र दिए पुग्छ तर साना उद्योगको हकमा भने प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावलीमा व्यवस्था अनुसार प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्लष्तष्ब िभ्लखष्चयलmभलतब िभ्हबmष्लबतष्यल० मात्र गर्नु पर्ने र नभएकोमा जानकारी दिए मात्र पुग्नेछ ।
१६.५ पहाडी जिल्लाहरूमा उद्योग दर्ता गर्दा हाल वन क्षेत्रको सीमाबाट १ कि.मी. टाढा हुनु पर्ने भन्ने व्यवस्थालाई पुनरावलोकन गरी उपयुक्त सीमांकनलाई आधार मानी दर्ता गर्ने व्यवस्था मिलाइनेछ ।